मंगलवार, असार ९,२०८३ 11:32:24
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:32:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

Laxmi Sunrise Bank Limited
अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका १० लाख ९ हजार ५३१ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त सेयर निष्काशनका लागि अन्नपूर्ण माछा दाना उद्योगको तर्फवाट प्रमुख कार्यकारी अधिकृत यश पुरी तथा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा पुस २९ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भयो ।

New Office
CG Motors
Garima Development Bank

अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड नेपालको अग्रणी माछा दाना उत्पादन गर्ने उद्योग मध्ये एक हो, जसले युरोपेली प्रविधिमा आधारित आधुनिक उत्पादन प्रणाली प्रयोग गरी उच्च गुणस्तरका, पोषणयुक्त तथा अन्तराष्ट्रिय मापदण्ड अनुरुपका माछा दाना उत्पादन गर्दै आएको छ । कम्पनीले देशभर फैलिएको सशक्त वितरण अञ्जाल मार्फत नेपालका सबै प्रदेशमा रहेका मत्स्य कृषकहरुलाई आफ्ना उत्पादनहरु आपूर्ति गर्नका साथै प्राविधिक परामर्श र किसानमैत्री सेवा प्रदान गर्दै नेपालको मत्स्य क्षेत्रको दिगो विकासमा योगदान पुर्याउदै आएको छ नेपालका अग्रणी लगानी संस्था त्भबm ख्भलतगचभक ले दाना उत्पादनमा केन्द्रित कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड मा रणनीतिक संस्थागत लगानी गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टिम भेन्चर्स तथा यसको सम्बद्ध साझेदारहरूले संयुक्त रूपमा रु २१६.८ मिलियन लगानी गरेका हुन्, जसले अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड मा पहिलोपटक संस्थागत पूँजी प्रवेश गराएको छ ।

उक्त लगानीले आर्थिक तथा सामाजिक प्रभाव सिर्जना गर्ने स्वदेशी कृषि उद्योगलाई समर्थन गर्ने टिम भन्चर्सको प्रतिबद्धता दर्शाउँछ । टिम भेन्चर्स प्रमुख लगानी अधिकृत विकास चन्द्र भण्डारीले एएमडीयूलाई दिगो दाना उत्पादनमा राष्ट्रिय स्तरको अग्रणी कम्पनी बन्ने उच्च सम्भावना रहेको बताए । ए

एमडीयूका प्रमुख कार्यकारी अधिकृत यश पुरीले संस्थागत समर्थनले कम्पनीको विस्तार, सुशासन सुदृढीकरण र आयात निर्भरता घटाउने लक्ष्यलाई गति दिने बताए। यस संस्थागत सहकार्यले एएमडीयूको आईपीओतर्फको यात्रालाई संरचित र सुदृढ बनाउँदै सार्वजनिक बजार प्रवेशको तयारीमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.