मंगलवार, असार ९,२०८३ 11:31:36
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:31:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाल्पा सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
पाल्पा सिमेन्टको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आजदेखि बन्द गर्ने भएको छ । कम्पनीले पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत पुस २५ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

New Office
CG Motors
Garima Development Bank

जसअन्तर्गत पहिलोचरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला( र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरुलाई जारी पाजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको रु. १०० अंकित दरको १८ लाख ७५ हजार कित्ता र बाँकी १५ प्रतिशत अर्थात रु. ५६ करोड २५ लाख रकम बराबरको रु. १०० अंकित दरको ५६ लाख २५ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि सार्वजनिक निष्काशन गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.