काठमाण्डौ । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.७८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम थियो ।
यस्तै आज यूरो र पाउण्डको भाउ भने घटेको छ । आज एक यूरोको खरिददर १६७.९४ रुपैयाँ र बिक्रीदर १६८.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६८.०३ रुपैयाँ र बिक्रीदर १६८.७३ रुपैयाँ कायम थियो ।
यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १९३.८८ रुपैयाँ र बिक्रीदर १९४.६९ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४।८१ रुपैयाँ कायम थियो ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.३१ रुपैयाँ र बिक्रीदर ९६.७१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.०८ रुपैयाँ र बिक्रीदर ९.१२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२५ रुपैयाँ र बिक्रीदर ३९.४२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६८ रुपैयाँ र बिक्रीदर २०.७६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४५ रुपैयाँ र बिक्रीदर ३९.६१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७१.४८ रुपैयाँ र बिक्रीदर ४७३.४५ रुपैयाँ कायम भएको छ ।

