बुधबार, असार १०,२०८३ 02:27:49
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:27:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलद्वारा दुई विद्यालयहरुमा सहयोग तथा वित्तिय साक्षरता/सचेतना कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे क्यापिटलद्वारा दुई विद्यालयहरुमा सहयोग तथा वित्तिय साक्षरता/सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माघ ६ गते लायन्स क्लब अफ काठमाण्डौ नमस्तेसँगको सहकार्यमा तादी गाउँपालिका–५, अत्मारा, नुवाकोटस्थित ह्ेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

त्यसैगरी, माघ ७ गते बूढानीलकण्ठ नगरपालिका–४, पासीकोट, काठमाण्डौस्थित श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरिएको छ । यसका साथै दुवै विद्यालयहरुमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता/सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै उनीहरूको दैनिक आवश्यकताको परिपूर्तिमा महत्वपूर्ण टेवा पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै, कम्प्युटर वितरण कार्यक्रमले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप तथा व्यवहारिक क्षमता विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.