मंगलवार, असार ९,२०८३ 11:36:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:36:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रिमियर डिष्टिलरीले आईपीओ जारी गर्ने, सिद्धार्थ क्यापिटल बन्यो बिक्री प्रबन्धक

Laxmi Sunrise Bank Limited
प्रिमियर डिष्टिलरीले आईपीओ जारी गर्ने, सिद्धार्थ क्यापिटल बन्यो बिक्री प्रबन्धक

काठमाण्डौ । प्रिमियर डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ)गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले रु. १०० अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा माघ ६ गते काठमाण्डौ थापाथलीस्थित प्रिमियर डिष्टिलरी लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा प्रिमियर डिष्टिलरी लिमिटेडका तर्फबाट सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

New Office
CG Motors
Garima Development Bank

विसं २०६९ सालमा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना गरिएको प्रिमियर डिस्टिलरी लिमिटेड नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो, जसले भोड्का, ह्विस्की, रम र जिनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन गरिने ‘ओल्ड मङ्क रम’ सहित अन्य विभिन्न ब्रान्डहरू उत्पादन हुँदै आएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.