काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा साढे ३ बजे बाँडफाँड हुन लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाइएको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोपाप्रधा विधिबाट हुनेछ ।

