Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

विदेशी पर्यटकको आगमन एकै महिना २९% ले वृद्धि,भारतबाट सबैभन्दा धेरै

Hyundai Nepal
विदेशी पर्यटकको आगमन एकै  महिना २९% ले वृद्धि,भारतबाट सबैभन्दा धेरै
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा एक महिनाको अवधिमा १ लाख बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटकको आगमन भएको हो ।  

यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २८.९ प्रतिशतले बढी हो । सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटकले नेपालको भ्रमण गरेका थिए । एक महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । तथ्यांकअनुसार मार्च महिनामा भारतबाट ३० हजार ६९८ पर्यटक नेपाल भित्रिएका छन् । 

यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा १८.५ प्रतिशतले धेरै हो । दोस्रो स्थानमा चीनबाट सबैभन्दा धेरै पर्यटन नेपाल आएका छन् । चीनबाट मार्च महिनामा नेपाल आउने पर्यटकको संख्या ३५८ प्रतिशतले बढेको छ । यो अवधिमा १२ हजार ९२ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् ।  

Shivam Cement
Sagarmatha Cement

तेस्रो स्थानमा रहेको अमेरिकाबाट १० हजार ७६३ पर्यटक नेपाल आएका छन् । यस्तै बेलायतबाट बेलायतबाट ७ हजार २४१, श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएको तथ्यांकले देखाएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.