शुक्रबार, असार २०,२०८२ 05:33:40
  • शुक्रबार, असार २०,२०८२ 05:33:40
Global IME Bank Limited

यो साता १ खर्ब ८१ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, कस्तो रहला आगामी साता ?

Hyundai Nepal
यो साता १ खर्ब ८१ अर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति, कस्तो रहला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ५९५.७४ को विन्दुमा बन्द भएको बजारयो साता २७०४ विन्दुमा बन्द भया ।  

यस हिसाबले यो साता नेप्से परिसूचक १०८.२६ अंकले बढ्यो । अघिल्लो साता भने बजार ३३.१७ अंकले घटेको थियो  । यो साता दोस्रो बजारमा ५ दिन कारोबारमा ३९ अर्ब ९३ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता बजारमा ३५ अर्ब १० करोडको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैैमा बढोत्तरी आयो । यो साता बजार बढ्दा बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब रह्यो । अघिल्लो साता यस्तो बजार पूँजीकरण ४३ खर्ब २४ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब ८१ अर्बले बढ्यो ।  

प्राविधिक पक्षः  

प्राविधिक रुपमा बजारलाई नियाल्दा बजार २६ सय विन्दुदेखि २७६० विन्दुमा साइडवेजमा चलेको देखिन्छ । केहि लामो समय अवधिबाट साप्ताहिक रुपमा नियाल्दा बाजरले कुनै त्यस्तो स्टक्चरल चेन्ज गरिहालेको अबस्था भने होइन । तर डेली र आवरली बेसमा हेर्दा बजारले एउटा हायर हाई र हायर लोका सिरिज बनाउदै गरेको देखिन्छ । पछिल्लो समय लामो समय २६ सय विन्दु आसपासमा चलेको बजारले यो विन्दुमा डबल बटम बनाएर यो साता माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

यद्यपी आगामी साता यदि बजार २६६० विन्दु भन्दा माथि क्लोजिङ हुन्छ भने हालको साइडवेज यात्राबाट बजारले बुल यात्रा तय गरेको निश्चित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्ड र लोवर ब्याण्ड साँघुरिएको देखिन्छ । यसले बजार साइडवेजमा चलेको देखिन्छ । यो साता बजार बुलिस क्याण्डल सहित मध्य ब्याण्डबाट माथि लागेको देखिन्छ । म्याक्डीमा बजारमा करिब बुलिस क्रसओभर बन्दै गरेको देखिन्छ । आरएसआई न्यूट्रल जोन भन्दा माथि लाग्दै गरेको देखिन्छ ।  

इचिमोकूको आधारमा  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए। प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँस्थित एउटा टोकियो न्युज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आएको हो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । यस आधारमा यो साता मूल्य रेखाहरु क्लाउड पोजिसन भन्दा माथि लाग्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८५२

प्रतिरोध २ – २७८९

प्रतिरोध १–  २७१०

पिभट् प्वइन्टः २६४७

घटेमा सपोर्ट

सपोर्ट १– २५६८

सपोर्ट २– २५०८

सपोर्ट  ३ –२४२६

निष्कर्षः यो साताको पाँच कारोबार दिनमा नेप्सेमा १०८ अंकको बढोत्तरी आयो । अघिल्लो साता भने नेप्सेमा ३३ अंकको गिरावट आएको थियो । क्याण्डल स्टिकबाट नियाल्दा यो साताको क्याण्डलले अघिल्लो साताका तीन वटा क्याण्डललाई पुरै ढाकेको छ ।  

डेली बेसमा नियाल्दा साताको अन्तिम कारोबारमा स्पिनिङ टप प्रकृतिको क्याण्डल बनेको छ । यसले सम्भावित रुपमा आगामी साता केही नाफा बुक आउन सक्ने पनि देखिन्छ । तर बजार २७३० विन्दु भन्दा माथि लागेमा बजार बुलतर्फ लागेको र २७६० भन्दा माथि टिकेका बजार थप मजबुत रहेको भन्न सकिन्छ ।  

पिभट् मार्फत नियाल्दा यो साता पनि बजार  पिभट् प्वइन्ट २६४७ भन्दा माथि बन्द भएको छ । बिभिन्न इन्डिकेटरहरुबाट नियाल्दा बजारले बिस्तारै अप ट्रेन्ड लिँदै गरेको देखिन्छ । यस हिसाबले आगामी साता पनि बजारमा केही अल्पकालिन करेक्सन आँउदै अप ट्रेन्ड लिन सक्ने देखिन्छ ।  

क्षेत्रगत रुपमा नियाल्दा यो साता सबै समूहमा हरियो पोतियो । यो साता वाणिज्य बैंक ५ प्रतिशत , बिकास बैंक ७ प्रतिशत, वित्त पनि ७ प्रतिशत , लघुवित्त  ५.१९ प्रतिशत , जलविद्युत १.५५ प्रतिशत , लाइफ इन्स्योरेन्स ५.९५ प्रतिशत , निर्जीवन ६.९५ प्रतिशत , लगानी समूह ३.२६ प्रतिशत , अन्य समूह २.४८ प्रतिशत , उत्पादन समूह २.१४ प्रतिशत, होटल्स १.२६ प्रतिशत, कारोबार ०.८७ प्रतिशत , म्यूचुअल फण्ड २.३ प्रतिशतले सुधार आयो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.