आईतवार, असार ७,२०८३ 07:18:52
Bizshala
  • आईतवार, असार ७,२०८३ 07:18:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपा महाधिवेशनमा प्रधानमन्त्रीको अनौपचारिक सम्बोधन : सरकार ब्रेक र एक्सिलेटर दुबै हो

Laxmi Sunrise Bank Limited
रास्वपा महाधिवेशनमा प्रधानमन्त्रीको अनौपचारिक सम्बोधन : सरकार ब्रेक र एक्सिलेटर दुबै हो
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले पार्टीको पहिलो महाधिवेशनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक, सहज र अनौपचारिक ढंगले आफ्नो विचार राखेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले सम्बोधनको शुरुमै “नबोलौँ भन्छु, तर बोल्ने दिन आइहाल्छ” भन्दै हल्का व्यंग्य मिसिएको टिप्पणी गरेर हलमा उपस्थित प्रतिनिधिहरूलाई सहज वातावरण दिएका थिए।

Bizshala
New Office
CG Motors

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा मुख्यतः सरकार सञ्चालनको गति, निर्णय प्रक्रिया र त्यसप्रति उठ्ने सार्वजनिक अपेक्षाबारे आफ्ना विचार केन्द्रित गरे।  

सरकारलाई केवल ‘एक्सिलेटर’ थिचेर अघि बढ्ने संरचना मात्र नभई आवश्यक परे ‘ब्रेक’ पनि प्रयोग गर्नुपर्ने संयन्त्रका रूपमा बुझिनुपर्ने धारणा आएको प्रधानमन्त्री शाहले उल्लेख गरे।

सरकारलाई सडकमा चल्ने सवारी साधनसँग तुलना गर्दा परिस्थिति अनुसार फरक गति र शैली आवश्यक हुन्छ।  

तर, सबै अवस्थामा एउटै ढंगले अघि बढ्न सकिँदैन भन्ने बुझाइ महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले संकेत गरे।

यस सन्दर्भमा उनले वर्तमान सरकारलाई ‘एक्सप्रेस गाडी’सँग तुलना गरे। प्रधानमन्त्री शाहले भने, “सरकार भनेको गाडीजस्तो हो।  

Garima Development Bank
Shivam Cement
Bizshala

ब्रेक पनि चाहिन्छ भन्ने चिन्ता धेरैले व्यक्त गर्नुहुन्छ। लोकल सडकमा चलाउँदा त्यो कुरा स्वाभाविक पनि हो।  

तर, हाम्रो पार्टी लोकल गाडी होइन, एक्सप्रेस गाडी हो।”

उनले पार्टीको उद्देश्य छोटो समयमै स्पष्ट गन्तव्यमा पुग्ने भएकाले अनावश्यक ढिलाइ वा बारम्बारको रोकावटले लक्ष्य प्राप्तिमा असर पार्न सक्ने तर्क गरे।  

उनका अनुसार, “हामी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लगाउने हो। बीचमै बारम्बार रोक्ने अवस्था हुनु हुँदैन।

तर, यसको अर्थ हामी नियन्त्रणबाहिर वा अव्यवस्थित छौँ भन्ने होइन।”

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.