काठमाण्डौ । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले आगामी फागुन १० गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको आईपीओ जारी गर्ने, गत आवको वार्षिक प्रतिवेदन लगायत वित्तीय विवरणहरु पारित गर्ने र कम्पनीको सञ्चालक समिति पुनर्गठन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

