काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७५.१२ रुपैयाँ र बिक्रीदर १७५.८३ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०१.९४ रुपैयाँ र बिक्रीदर २०२.७६ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.७९ रुपैयाँ र बिक्रीदर १०३.२१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५३ रुपैयाँ र बिक्रीदर ९.५७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.९९ रुपैयाँ र बिक्रीदर ४०.१७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.१३ रुपैयाँ र बिक्रीदर २१.२१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.३० रुपैयाँ र बिक्रीदर ४०.४७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१९ रुपैयाँ र बिक्रीदर १०.२३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८१.९७ रुपैयाँ र बिक्रीदर ४८३.९४ रुपैयाँ कायम भएको छ ।

