काठमाण्डौ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी फागुन १० गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओबाट प्राप्त रकम उपयोगका बारेमा निर्णय लिने प्रस्ताव समेत पारित गरिनेछ ।
सभाले पारित गरेपछि आईपीओ निष्कासन गर्ने थप प्रक्रिया आगडि बढ्नेछ ।
यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि पारित हुनेछ ।
कम्पनीले निर्माण गरेको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा अवस्थित एक रन–अफ–रिभर प्रकृतिको जलविद्युत आयोजना हो।
यस आयोजनाले गड्डीगाड नदीको भरपर्दो बहाव उपयोग गरी स्वच्छ तथा नवीकरणीय विद्युत उत्पादन गर्दै राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखेको छ। गड्डीगाड नदीको ४० प्रतिशत भरपर्दो बहाव रहेको छ र आयोजनाको डिजाइन बहाव २.०१ घन मिटर प्रति सेकेन्ड रहेको छ।

