काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्जमा सेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले गत आवका लागि ३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । जसका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम भएको छ । समायोजन हुनु अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५४.९० रुपैयाँ कायम थियो ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

