काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले धितोपत्र व्यापारीहरुका लागि कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।
नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र व्यापारी(स्टक डिलर)कार्य सञ्चालन सम्बन्धी कार्यविधि २०७७ को परिच्छेद २ को दफा ३(२)बमोजिम मापदण्ड पुरा गरेका कारोबारयोग्य कम्पनीहरु दफा ३(३) बमोजिम अद्यावधिक गरी सोही कार्यविधिको दफा ३(१)मा रहेको व्यवस्थाबमोजिम सूची सार्वजनिक गरेको हो।
नेप्सेद्वारा सार्वजनिक गरिएको सूचीमा १९ वटा सूचीकृत वाणिज्य बैंक १० वटा विकास बैंक, २ वटा फाइनान्स, २२ वटा लघुवित्त, १० वटा जीवन बीमा, ११ वटा निर्जीवन बीमा, ६ वटा लगानी कम्पनी, २४ वटा हाईड्रो कम्पनी, २ वटा उत्पादन तथा प्रशोधन, २ वटा होटल तथा टुरिजम र २ वटा अन्य गरी कुल ११० वटा कम्पनीको सूची सार्वजनिक गरिएको छ ।





