मंगलवार, असार १६,२०८३ 04:34:18
Bizshala
  • मंगलवार, असार १६,२०८३ 04:34:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फोटोन मोटर्स नेपालद्वारा बुटवलमा नयाँ शोरुम उद्घाटन

Laxmi Sunrise Bank Limited
फोटोन मोटर्स नेपालद्वारा बुटवलमा नयाँ शोरुम उद्घाटन

काठमाण्डौ । फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ। यो विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पुर्‍याउने प्रयासलाई थप मजबुत बनाएको छ। व्यापारिक एवम् यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ।

असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा। लि। का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटन नेपालका कन्ट्री म्यानेजर श्री साइरस ले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे । 

New Office
CG Motors
Garima Development Bank

बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो। एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन्। 

यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ। यस सुविधाले फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहोर्‍याए।

बुटवल शोरुमको उद्घाटन कार्यक्रमको सफलतासँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.