शुक्रबार, फाल्गुन १,२०८२ 03:45:17
Bizshala
  • शुक्रबार, फाल्गुन १,२०८२ 03:45:17
Bizshala
Global IME Bank Limited
Bizshala

एनआइसी एशिया बैंकले ल्यायो ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना, सस्तो ब्याजदरमा रु.१० करोडसम्म पाइने

एनआइसी एशिया बैंकले ल्यायो ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना, सस्तो ब्याजदरमा रु.१० करोडसम्म पाइने
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकले ‘एनआइसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि १० करोड रुपैयाँसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप उक्त योजना ल्याएको हो ।  

बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत ७ वर्षको लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर एवं अन्य आकर्षक सेवा सहित उपलब्ध हुनेछ ।  

Bizshala
Garima Development Bank
New Office

साथै न्यूनतम २५ लाख रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गरिने यस एनआईसी एशिया साथी घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनःनिर्माण गर्न एवं घडेरी खरिद गर्नका लागि सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष रहेको छ ।   

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

घर खरिद तथा निर्माण गर्ने ग्राहक महानुभावहरुको सपना साकार पार्न ठोस टेवा पुर्याउने  उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजना अन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकहरुले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्न सक्नेछन् । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.