काठमाण्डौ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ४८ हजारबाट बढेर ५२ लाख ६८ हजार पुगेको छ । यस्तै ह्रासकट्टी खर्च पनि ८ लाख ७२ हजारबाट बढेर ४ करोड ७६ लाख पुगेको छ ।
कम्पनीको वित्त खर्च ६ करोड ८४ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.९१ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।

