काठमाण्डौ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् को १७ औँ लाइसेन्स परीक्षामा ६७.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। उक्त परीक्षा काठमाण्डौको एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिर्सच सेन्टरमा सञ्चालन गरिएको थियो।
परिषद्का अनुसार विभिन्न ४४ विषयअन्तर्गत लिइएको परीक्षामा कुल ४ हजार ४७० जना सहभागी भएका थिए। तीमध्ये ३ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।
एक विषयमा न्यूनतम एक जना देखि अधिकतम २ हजार २६३ जनासम्म परीक्षार्थी सहभागी रहेको परिषद्ले जनाएको छ।

