काठमाण्डौ । ठूलो खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको फागुन १० गते बसेको सञ्चालक सञ्चालक समितिको बैठकले चैत ३ गते काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउने र यस कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको सेयर संरचना परिवर्तन गर्ने, अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र सञ्चालक तथा सञ्चालकको निर्वाचन अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

