मंगलवार, असार ९,२०८३ 11:32:25
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:32:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिखर पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Laxmi Sunrise Bank Limited
शिखर पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो।

निष्कासनमध्ये १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।

New Office
CG Motors
Garima Development Bank

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा फागुन २६ गते र ढिलोमा चैत १ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा गत माघ ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ। दोस्रो चरणअन्तर्गत अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.