काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत फागुन १३ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ८२ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीको कुल जारी पूँजी रु. ५५ करोडको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँको रु. १०० अंकित दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि र बाँकी ८ लाख २५ हजार कित्ता मध्ये १० प्रतिशत अर्थात साधारण सेयर निष्कासन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते हनेछ ।

