काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा याम्बिालिङ हाईड्रोपावर र सोपान फर्मास्युटिकल्स लिमिटेड रहेका छन् ।
यी दुवै कम्पनीले आईपीओका लागि फागुन १७ गते अनुमति पाएका हुन् ।
याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता र सोपान फर्मास्युटिकल्सले ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।

