काठमाण्डौ । प्रभू बैंक लिमीटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सहकार्यको एक सम्झौता भएको छ ।
गण्डकी ट्याक्सी ब्यबसाय प्रालिसँग आबद्ध ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लिमीटेडमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेटवे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सम्झौता भएको हो ।
सम्झौतामा प्रभु बैंक लिमीटेडका गण्डकी प्रदेश प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा फोन पेको तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकबाट उपलब्ध गराइएको क्युआरमार्फत बिनाझण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
गण्डकी ट्याक्सी ब्यबसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु पनि सो अवसरमा उपलब्ध गराइएको थियो ।
निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरुलाई समेत यस सेवामा आबद्ध गराउने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                