Bizshala
  • बिहीबार, चैत्र १२,२०८२ 09:22:47
Bizshala
Global IME Bank Limited

पोखरामा WADA अटोशो २०२६: लक्ष्मी ग्रुपका आकर्षक अफर, EV मा विशेष फोकस

Hyundai Nepal
पोखरामा WADA अटोशो २०२६: लक्ष्मी ग्रुपका आकर्षक अफर, EV मा विशेष फोकस
Shivam Cement

पोखरा । Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले पोखरामा आयोजना हुन लागेको WADA अटोशो २०२६ का अवसरमा विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ।

चैत ११ देखि १५ गतेसम्म तालबाराहीचोक, लेकसाइडमा सञ्चालन हुने उक्त अटोशोमा नयाँ गाडी खरिद गर्न वा पुरानो सवारी अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सीमित अवधिको विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

यसअन्तर्गत विशेषगरी Forthing Friday मोडेलमा ग्राहकहरूले अधिकतम ७ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। प्रिमियम इलेक्ट्रिक SUV का रूपमा रहेको उक्त मोडेलमा ६४.४ kWh क्षमताको ब्याट्री जडान गरिएको छ, जसले WLTP मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ। साथै १८५ एमएम ग्राउण्ड क्लियरेन्ससहित यो गाडीले नेपाली सडकका लागि उपयुक्त प्रदर्शन दिने अपेक्षा गरिएको छ।

लक्ष्मी ग्रुपले Forthing सँगै Hyundai र Kaiyi ब्रान्डका विभिन्न मोडेलहरूमा पनि छुट तथा अन्य आकर्षक सुविधा उपलब्ध गराउने जनाएको छ। कम्पनीले पोखराबासीलाई आफ्नो स्टलमा आएर नवीनतम गाडी र अफरहरूको अनुभव लिन आग्रह गरेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार लक्ष्मी ग्रुप नेपालमा वातावरणमैत्री र भविष्यउन्मुख गतिशीलता समाधान उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्दै आएको छ। साथै ग्राहकलाई उच्च मूल्य र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्यलाई निरन्तर प्राथमिकतामा राखिएको पनि कम्पनीले उल्लेख गरेको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.