काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको छ ।
गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको अभाव, रक्तअल्पता र अन्य स्वास्थ्य जटिलताहरुबाट आमा तथा नवजात शिशुहरुलाई जोगाउन र यसको न्युािनकरण गर्ने दीर्घकालीन लक्ष्यका साथ बैंकले यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
यस अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाँउपालीका तथा वडा कार्यलयसंग समन्वय गरी करीब १०५० गर्भवती तथा सुत्केरी महीलाहरुलाई प्रत्यक्ष सेवा प्रदान गरेको छ ।
शिविरमा सहभागी गर्भवती तथा सुत्केरी महीलाहरुको स्वास्थकर्मीहरुद्धारा आवश्यक स्वास्थ्य जाँच गरिनुका साथै उनिहरुलाई ३ महिनाका लागि पुग्ने स्वास्थ्यप्रवद्र्धक पौष्टिक खाध सामाग्रीहरु वितरण गरिएको थियो ।
बैंकले भविष्यमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पर्ने किसिमका क्रार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा एटीएसम सञ्चालनमा रहेका छन् ।

