काठमाण्डौ । प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।
पारित हुनुअघि उक्त विधेयकमागि दफावार छलफल भएको थियो। उक्त विधेयक प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।
विधेयकमाथिको आशिष गजुरेल, वासना थापा, ऐनबहादुर महर र अरविन्द शाहले दफावार छलफलमा भाग लिएका थिए ।

