बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:07:50
Bizshala
Global IME Bank Limited

टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु, यस्ता छन् अफर

टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु, यस्ता छन् अफर
New Office

काठमाडौं । शंकर समूह अन्तर्गतको तथा नेपालमा टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखि भृकुटीमण्डप काठमाडौंमा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ ।  

उद्घाटन दिनमा ५०० भन्दा बढी आगन्तुकको उत्साहजनक सहभागिता देखिएको थियो, जसले विभिन्न स्थलमै हुने गतिविधिहरूमा सहभागिता जनाए ।

कार्यक्रमको सुरुआतदेखि नै स्थलमा आगन्तुकहरूको राम्रो उपस्थिति देखिएको थियो, जहाँ उनीहरूले त्ख्क् का सम्पूर्ण दुई पाङ्ग्रे सवारीहरूको अवलोकन गरे, टेस्ट राइडमा सहभागी भए तथा आफ्ना पुराना बाइक साट्ने विकल्पहरूको मूल्यांकन गरे। ग्राहकहरूलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स योजना सम्बन्धी सहयोग प्रदान गर्न विशेष परामर्श काउन्टरहरू पनि स्थापना गरिएको थियो, जसले खरिद निर्णयलाई अझ सहज र छिटो बनाएको थियो ।

कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा सम्पन्न भएको हो । सो अवसरमा टीभीएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि उपस्थिति रहेको थियो । अतिथिहरूले आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै प्रदर्शनी क्षेत्रको अवलोकन गरे तथा कार्निभलमा उपलब्ध मुख्य उत्पादन विशेषता र अफरहरूबारे जानकारी गराए ।

कार्यक्रममा उत्साह थप्न कार्निभल अवधिभर उच्च ऊर्जा मनोरञ्जन तथा भीड संलग्नता गतिविधिहरू सञ्चालन हुनेछन् । प्रत्येक दिन फरक गतिविधिहरू प्रस्तुत गरिनेछ—लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, स्थलमै हुने विभिन्न एक्टिभेसन, फूड स्टलहरू तथा निरन्तर टेस्ट राइड सत्रहरू जसले आगन्तुकहरूलाई हरेक दिन नयाँ र आकर्षक अनुभव प्रदान गर्नेछ । साथै, याबी द GOAT र र DJ MXNISH को लाइभ प्रस्तुतीले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछ ।

कार्यक्रमका मुख्य आकर्षणहरूः

-उद्घाटन दिनमा ५०० भन्दा बढी सहभागिता  

-कम्युटर, प्रिमियम तथा इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण पोर्टफोलियोको प्रदर्शन  

-विशेष अफरहरूः  

-रु. ८,०००  भ्यालु एडिसन  

-रु. ७,०००  नगद छुट  

-रु. ३,७१० बाट सुरु हुने इएमआई

बाइक एक्सचेन्ज कार्यक्रमः  

-५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागिता  

-पुराना सवारी साधनका लागि सुनिश्चित प्रतिस्पर्धात्मक मूल्यांकन  

-स्थलमै हुने गतिविधिहरूः स्टन्ट शो, जिमखाना, टेस्ट राइड तथा अन्तरक्रियात्मक खेलहरू  

-याबी द GOAT र DJ MXNISH  को लाइभ मनोरञ्जन प्रस्तुति  

-तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स परामर्श सुविधा  

यस अवसरमा बोल्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले भने, ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गर्न पाउँदा हामी उत्साहित छौं र पहिलो दिनको सकारात्मक प्रतिक्रियाले हामीलाई थप हौसला दिएको छ । यस कार्यक्रमले ग्राहकहरूलाई टीभीएसको सम्पूर्ण पोर्टफोलियो अवलोकन गर्न तथा आकर्षक एक्सचेन्ज र फाइनान्स योजनाबाट लाभ लिन उत्कृष्ट अवसर प्रदान गर्दछ ।’

त्यसैगरी, कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘यो कार्निभल ग्राहकहरूलाई मूल्य र सहजता दुवै प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो । चैत १६ सम्म सञ्चालन हुने यस कार्यक्रममा आगामी दिनहरूमा अझ बढी आगन्तुकहरूको स्वागत गर्न हामी उत्साहित छौं । साथै, कार्यक्रम अवधिभर नयाँ बाइक तथा स्कुटर मोडलहरू सार्वजनिक गर्ने योजना पनि रहेको छ, जसले ग्राहक अनुभवलाई अझ समृद्ध बनाउनेछ ।’

जगदम्बा मोटर्सले सम्पूर्ण ग्राहक तथा दुई पाङ्ग्रे सवारीप्रेमीहरूलाई चैत १६ अघि भृकुटीमण्डप, काठमाडौंमा आयोजना भइरहेको टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभलमा उपस्थित भई विशेष अफरहरू, एक्सचेन्ज सुविधा तथा रोचक गतिविधिहरूको लाभ लिन आमन्त्रण गरेको छ  ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.