बुधबार, असार १०,२०८३ 01:29:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:29:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा १३.५१ अंकको वृद्धि, लगानीको उचित अवसर !

Laxmi Sunrise Bank Limited
सेयरबजारमा १३.५१ अंकको वृद्धि, लगानीको उचित अवसर !

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज ६ वटा समूहमा हरियाली छाएको छ भने ७ वटा समूहमा रातो पोतिएको छ । सर्वाधिक बढ्नेमा हाइड्रो समूह १.५९ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.८४ प्रतिशत, विकास बैंक समूह ०.६४ प्रतिशत, लगानी समूह ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत र म्युचुअल फण्ड समूह ०.३६ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा माइक्रोफाइनान्स समूह रहेको छ । यो समूह आज ०.२६ प्रतिशतले घटेको छ । यसका साथै फाइनान्स समूह ०.१९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३१ प्रतिशत, निर्जीवन बीमा समूह ०.०३ प्रतितश, अन्य समूह ०.१० प्रतिशत र व्यापार समूह ०.२१ प्रतिशतले घटेको छ ।  

बजार जानकार गोविन्द प्रसाद घिमिरेले पछिल्लो समय सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न थालेसँगै बजारले विस्तारै लय लिने बताए ।  

‘चुनावपछि लगानीकर्ताहरुको कन्फिडेन्ट विस्तारै बढ्दै गएको छ, र अहिले राजनीतिक माहोल पनि राम्रो बन्न थालेपछि अब रास्वपाको सरकार बनेपछि नीति नियमहरु स्थिर बन्ने देखिएपछि लगानीकर्ताहरु उत्साहित छन्,’ उनले भने, ‘अहिलेको समग्र सेयरबजारको लागि सेनारियो हेर्दा पोजेटिभ मुभमेन्ट नै देखिएको छ, यसकारण अब पहिलेजस्तो बजारमा उच्च गिरावट आउने देखिदैन ।’

साथै अहिलेको समय सस्तो भाउमा लगानी गर्ने उचित अवसर रहेको पनि उनले बताए । ‘अहिले बजारमा केही कम्पनीका सेयरभाउ सस्तो छन्, यो समय सेयर खरिदका लागि उचित समय हुन सक्छ’ उनले भने, ‘अहिले लगानी गर्दा साउन भदौ सम्ममा राम्रै रिटर्न पाउन सक्ने देखिन्छ, विस्तारै लगानीकर्ताहरु बजार प्रवेश गरिरहेको पनि भोल्युमले देखाइरहेको छ ।’

New Office
CG Motors
Garima Development Bank

सर्वाधिक कमाउने कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सोलु हाइड्रोपावरको १० प्रतिशत, सालपा विकास बैंकको ९.९९ प्रतिशत, होटल फरेस्ट इनको ९.९९ प्रतिशत, शिवश्री हाइड्रोपावरको ८.१० प्रतिशत, लिबर्टी इनर्जीको ७.५३ प्रतिशत, महुली लघुवित्तको ६.४४ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.१६ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.९४ प्रतिशत र ग्रीनलाइफ हाइड्रोको ५.७१ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउने स्टकमा एनआइसी एशिया ग्रोथ फण्ड–२ रहेको छ । यो फण्डको इकाईमूल्य ४.७४ प्रतिशलते घटेको छ ।  

त्यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को ३.६१ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फण्डको २.८९ प्रतिशत, कृषि विकास बैंकको ऋणपत्रको २.५८ प्रतिशत, आरबीबी फोकस  ४० को २.३२ प्रतिशत, अप्पर हेवाखोला हाइड्रोको २.२६ प्रतिशत, झापा इनर्जीको २.१२ प्रतिशत, स्वरोजगार लुघवित्तको २.०४ प्रतिशत, ओरियन्टल होटलको २ प्रतिशत र प्रभु स्मार्ट फण्डको १.९५ प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.