Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने

Global IME Bank Limited
आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा, सेयर बजारसहित बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्राको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकामा रहेको सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार  हुने छैन ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

घोडे जात्राको अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गर्नेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने उक्त समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्नेछन् ।  

गुरुमापा भन्ने राक्षसले काठमाण्डौ सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले राक्षसको आत्मा दबाउने प्रयास स्वरुप घोडे जात्राको प्रचलन सुरु भएको किंवदन्ती रहेको छ ।  

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.