Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Global IME Bank Limited
माउन्ट एभरेष्ट पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आईपीओ निष्कासन गर्ने भएको छ ।

 

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो सम्बन्धि सम्झौता पत्रमा कम्पनीका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीको साधारण सेयरहरु सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान  गर्नेछ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत हुन आउने २५ लाख ८० हजार कित्ता साधारण सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले दुधकुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सोलुखुम्बुस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ ।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.