काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरूसँग छलफल गरेकी छिन् ।
मन्त्रिपरिषद्ले साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु गर्ने निर्णय गरेपछि मन्त्री रावलले पीडितहरूलाई सिंहदरबारमा बोलाएर छलफल थालेकी हुन् ।
सचिवालयका अनुसार विभिन्न सहकारीबाट प्रभावित व्यक्तिहरूले मन्त्रीसमक्ष आफ्ना समस्या र गुनासाहरू प्रस्तुत गरिरहेका छन् । छलफलका क्रममा मन्त्री रावलले पीडितका समस्याको समाधान सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारिन् ।
यसैगरी, पीडितहरूको माग सम्बोधन गर्ने विषयमा मन्त्रालयभित्र पनि निरन्तर छलफल भइरहेको उनले जानकारी दिइन् ।

