आईतवार, श्रावण १०,२०८३ 07:51:30
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:51:30
Bizshala
Global IME Bank Limited

नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने

नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने
New Office

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले साझा यातायातसँग मिलेर २०८३ साल वैशाख १ गतेदेखि रातिको समयमा सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।महानगरपालिकाका अनुसार प्रारम्भमा दुई फरक रूटमा चारवटा बस चलाइनेछन्।

पहिलो रूट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण दिशामा करिब १६ किलोमिटरको एकतर्फी दूरीमा फैलिएको रूट हो।

दोस्रो रूट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म जानेछ। यो पूर्व–पश्चिम दिशाको करिब २० किलोमिटर लामो एकतर्फी मार्ग हुनेछ। यी दुवै रूटमा चारवटा विद्युतीय बस रातिको समयमा सञ्चालन गरिनेछ।

महानगरका अनुसार  बेलुका ८ बजेपछि सार्वजनिक यातायात नहुँदा सर्वसाधारणलाई महँगो यात्रा गर्नुपर्ने बाध्यता हटाउन यो सेवा सुरु गर्न लागिएको हो। 

सार्वजनिक यातायातको अभावले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूलाई बढी समस्या परेको उल्लेख गर्दै सुरक्षित र सुलभ विकल्प दिन आवश्यक रहेको महानगरले उल्लेख गरेको छ । 

यस सेवामार्फत आधुनिक, व्यवस्थित, सहज, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात प्रणाली विकास गर्ने लक्ष्य महानगरको रहेको छ। 

सेवा सुरु भएपछि साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस सञ्चालन हुनेछ। तोकिएका बस स्टपहरूमा हरेक २० मिनेटमा बस उपलब्ध हुनेछन्। यात्रु सुरक्षाका लागि बसमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने नगर प्रहरीको पनि व्यवस्था गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.