काठमाण्डौ । अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ नेपालले सपनादेखि सम्भावनासम्म नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यो अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले देश तथा परिवारका लागि पुर्याइरहेको महत्वपूर्ण योगदानलाई सम्मान गर्ने उद्देश्य राखेको छ।
अभियानमार्फत सामसुङले रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारका रूपमा उजागर गर्दै, विदेशमा कार्यरत नेपाली र उनीहरूका परिवारबीचको सम्बन्धलाई प्रविधिमार्फत अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कम्पनीले आफ्ना एआई–सक्षम उपकरणहरूले परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, सहज र कनेक्टेड बनाउने विश्वास व्यक्त गरेको छ।
यस अभियान अन्तर्गत सामसुङ नामक विशेष पहल पनि सुरु गरिएको छ, जसले रेमिट्यान्समा निर्भर परिवारहरूलाई विभिन्न लाभ प्रदान गर्नेछ। यो सुविधा अप्रिल २४ देखि लागू हुनेछ।
उक्त योजनाअन्तर्गत आइएमई रेमिट, एनसेल, खल्ती बाई आइएमई तथा हुलास फिन सर्भ लिमिटेडसँगको सहकार्यमा स्यामसङ उत्पादन खरिदमा विशेष छुट तथा सुविधाहरू उपलब्ध गराइनेछ। यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सहज ईएमआई सुविधा तथा खल्ती मार्फत क्यासब्याक जस्ता आकर्षक अफरहरू समावेश छन्।
यो सुविधा विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।
सामसङ नेपालले दीर्घकालीन विश्वसनीयता, आधिकारिक उत्पादनको प्रयोग, तथा सुरक्षित इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्न उपभोक्ताहरूलाई आग्रह समेत गरेको छ।

