काठमाडौँ । एनएमबी बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित STP अवार्ड २०२५ जितेको छ। जर्मनीको Commerzbank AGले प्रदान गर्ने यो अवार्ड बैंकको उच्चस्तरीय अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीका लागि दिइएको हो।
यो अवार्ड सीमित संख्याका त्यस्ता बैंकहरूलाई प्रदान गरिन्छ, जसले सीमापार भुक्तानीलाई बिना म्यानुअल हस्तक्षेप छिटो, सुरक्षित र प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम हुन्छन्। एनएमबी बैंकले प्रविधि, डेटा गुणस्तर र स्वचालित प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गरेको मूल्यांकन गरिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो उपलब्धिले अन्तर्राष्ट्रिय बैंकिङ सेवा अझ सरल, छिटो र सुरक्षित बनाउन गरिएको निरन्तर प्रयासको पुष्टि गरेको बताएका छन्।
हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

