काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १५०.५० रुपैयाँ र बिक्रीदर १५१.१० रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७६.३७ रुपैयाँ र बिक्रीदर १७७.०७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक पाउण्ड स्टर्लिङको खरिददर २०३.६६ रुपैयाँ र बिक्रीदर २०४.४८ रुपैयाँ निर्धारण भएको छ । यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०७.६५ रुपैयाँ र बिक्रीदर १०८.०८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.९७ रुपैयाँ र बिक्रीदर ४१.१४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २२.०१ रुपैयाँ र बिक्रीदर २२.१० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.९६ रुपैयाँ र बिक्रीदर ३८.११ रुपैयाँ, एक कतारी रियालको खरिददर ४१.२८ रुपैयाँ र बिक्रीदर ४१.४५ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१९ रुपैयाँ र बिक्रीदर १०.२३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४९०.८७ रुपैयाँ र बिक्रीदर ४९२.८२ रुपैयाँ कायम भएको छ ।

