काठमाण्डौ । सरकारले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ ।
अर्थमन्त्रालयले आज श्वेतपत्र सार्वजनिक गर्दै पूँजीबजारको दायरा फराकिलो बनाउनुपर्ने आवश्यक रहेको उल्लेख गरेको छ ।
साथै पूँजीबजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने आवश्यक रहेको उल्लेख गरेको छ ।
यसका साथै दोस्रो बाजर कारोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको श्वेतपत्रमा उल्लेख छ ।

