सोमबार, बैशाख १४,२०८३ 08:22:03
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 08:22:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्भिक इन्टरनेशनल हस्पिटलको आईपीओ निष्काशनसम्बन्धी ‘रोड शो’ सम्पन्न

Bizshala
नर्भिक इन्टरनेशनल हस्पिटलको आईपीओ निष्काशनसम्बन्धी ‘रोड शो’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको सेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम बैशाख ११ गते म्यारिओट होटल नक्साल, काठमाण्डौमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।

‘रोड शो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त अन्तरक्रियाले संस्थागत लगानीकर्ताहरुमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे स्पष्ट बुझाइ दिन सफल भएको छ ।

निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलले ‘रोड शो’ कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो । सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए ।

CG Motors
Garima Development Bank
IME remit

यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । यसले पारदर्शी, बजार–आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

बुक–बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य शिल बन्द खाममा ५ कार्य दिनभित्र अर्थात् वि.सं. २०८३ साल वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने ब्यवस्था रहेको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X