मंगलवार, असार ९,२०८३ 11:28:42
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:28:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

Laxmi Sunrise Bank Limited
माउन्ट एभरेष्ट पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कोटाभित्रबाट १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको छ। श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी–आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्।

यस्तै स्थानिय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि स्थानियले आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लसं’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।  

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका निष्कासित आईपीओ बन्द छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गते हुनेछ।  

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.