काठमाण्डौं । देशका पहाडी र हिमाली क्षेत्रहरूमा आज सामान्यदेखि घना बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने मौसमविद्ले जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार कोशी र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा भने हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदलीको अवस्था कायम रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ।
यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने बाँकी क्षेत्रमा छिटफुट वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

