काठमाण्डौ । आन्तरिक राजश्व विभागको निमित्तको जिम्मेवारी रमेश अर्याललाई दिइएको छ । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको रिक्त रहेको महानिर्देशक पदमा कार्य सञ्चालनका लागि सह–सचिव रमेश अर्याललाई निमित्त जिम्मेवारी तोकेको हो।
स्थायी नियुक्ति नहुँदासम्म विभागको प्रशासनिक तथा दैनिक कार्य सञ्चालन सहज बनाउन उक्त निर्णय गरिएको हो।

