मंगलवार, असार ९,२०८३ 12:55:22
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:55:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दोहामा भीषण विष्फोट, १३ जनाको ज्यान गयो, नेपाली कामदार पनि घाइते

Laxmi Sunrise Bank Limited
दोहामा भीषण विष्फोट, १३ जनाको ज्यान गयो, नेपाली कामदार पनि घाइते

काठमाण्डौ । कतारको एक ग्यास प्लान्टमा भएको शक्तिशाली विष्फोटमा १३ जनाको ज्यान गएको छ भने ६६ जना घाइते भएका छन्।  

घाइतेमध्ये नेपालीसहित घाना, केन्या, नाइजेरिया, भारत, कतार, पाकिस्तान र बंगलादेशका कामदारहरू रहेका छन्।

 

New Office
CG Motors
Garima Development Bank

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मृत्यु हुने १३ जनामध्ये १२ जना भारतीय नागरिक रहेका छन्।  

भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत उक्त तथ्य पुष्टि गरेको हो। दोहा न्यूजका अनुसार मृत्यु हुनेमध्ये एक जना पाकिस्तानी नागरिक रहेका छन्।

घटनापछि कतार सरकारले औपचारिक पत्रकार सम्मेलन गर्दै विवरण सार्वजनिक गरेको छ।  

ऊर्जा मन्त्री साद अल काबीका अनुसार विष्फोटमा घाइते हुनेको संख्या ६६ पुगेको छ र उनीहरूको उपचार विभिन्न अस्पतालमा जारी छ।  

उनले सबै घाइतेहरूको अवस्था स्थिर रहेको जानकारी दिएका छन्।

मन्त्री अल काबीले घाइतेहरूमध्ये नेपाली नागरिक पनि रहेको पुष्टि गरे पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक नगरिएको बताए।  

उनका अनुसार सबै घाइतेको उपचार सरकारले प्राथमिकताका साथ गरिरहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भारतीय दूतावासले पनि घाइतेहरूको अवस्था स्थिर रहेको र उपचार निरन्तर भइरहेको जानकारी दिएको छ।

सरकारले प्रारम्भिक अनुसन्धानपछि यो घटना कुनै आक्रमण नभई प्राविधिक समस्या भएको निष्कर्ष निकालेको छ।  

ऊर्जा मन्त्रीका अनुसार ग्यास प्लान्टलाई मर्मतका लागि अस्थायी रूपमा बन्द गरिएको थियो र दुई दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो।

“यो कुनै शत्रुतापूर्ण घटना होइन, प्राविधिक दुर्घटना हो,” उनले स्पष्ट पारे।  

साथै, उनले यस घटनाले देशको ग्यास उत्पादन वा आपूर्तिमा कुनै असर नपर्ने पनि बताएका छन्।

पश्चिम एसियाली तनावका बीच ऊर्जा संरचनामाथि आक्रमण हुन सक्ने आशंकाबीच यो घटना भएको भएपनि प्रारम्भिक निष्कर्षले यसलाई दुर्घटनाका रूपमा पुष्टि गरेको छ।  

विस्तृत अनुसन्धान भने जारी रहेको अधिकारीहरूले जनाएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.