काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई झिनो अन्तरले पराजित गरे।
घिमिरेले ६० मत पाएका थिए ।
यस निर्वाचनमा अञ्जन श्रेष्ठ र हेमराज ढकाल नेतृत्वका दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। नरेशलाल श्रेष्ठ ढकाल पक्षबाट उम्मेदवार बनेका थिए, जसको जितलाई सो समूहको रणनीतिक सफलता रूपमा हेरिएको छ।
जिल्ला तथा नगर उपाध्यक्षतर्फ भने अञ्जन श्रेष्ठ पक्षका दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा विजयी भएका छन्। श्रेष्ठले ८० मत ल्याउदा शर्माले भने ८७ मत प्राप्त गरेका छन् ।

