मंगलवार, असार ९,२०८३ 12:32:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:32:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पहिरो हटेपछि सडकमा यातायात सञ्चालनमा, कतै भने एकतर्फी मात्रै

Laxmi Sunrise Bank Limited
पहिरो हटेपछि सडकमा यातायात सञ्चालनमा, कतै भने एकतर्फी मात्रै

काठमाण्डौं । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण प्रभावित भएका सडकहरू क्रमशः खुल्न थालेका छन् ।  

अवरुद्ध बनेका राजमार्गहरूमा पहिरो पन्छाउने काम तीव्र भएपछि केही स्थानमा यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।

New Office
CG Motors
Garima Development Bank

प्रहरीका अनुसार ललितपुरको भालुखोला क्षेत्रमा पर्ने कान्तिलोकपथ, ताप्लेजुङको थुकिम्बा–दोभान भित्री सडक, सिन्धुपाल्चोकको कोदारी नजिक ईकु पहिरोले अवरुद्ध अरनिको राजमार्ग तथा मकवानपुरको भर्‍याङडाँडास्थित कान्तिलोकपथमा सवारी आवागमन पुनः शुरु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार कतिपय सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने केही स्थानमा अझै एकतर्फी रूपमा मात्रै सवारी चलिरहेका छन् । 

भोजपुर–बोखिम खण्डको मध्यपहाडी लोकमार्ग र म्याग्दीको बेनी–जोमसोम सडकखण्ड हाल आंशिक रूपमा सञ्चालनमा छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, सबै सडक खुलिसकेका भने छैनन् । इलामको सलकपुर–डखेप हुँदै झापा जोड्ने कच्ची सडक, काभ्रेपलाञ्चोकको चौकीडाँडा–घुमाउने क्षेत्रमा पर्ने बीपी राजमार्ग तथा लमजुङको बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध नै रहेका छन् ।

यस्तै, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा भने पूर्ण रूपमा सवारी सञ्चालन रोकिएको छ ।

प्रहरीले वर्षायाममा यस्ता घटनाहरू दोहोरिने जोखिम उच्च रहने भन्दै यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन, सम्भव भएसम्म जोखिमयुक्त मार्ग प्रयोग नगर्न र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.