मंगलवार, असार ९,२०८३ 12:32:42
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:32:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए

Laxmi Sunrise Bank Limited
कालीमाटी बजारमा तरकारीको मूल्य फेरबदल, केही महँगिए केही सस्तिए

काठमाण्डौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य निर्धारण सार्वजनिक गरेको छ ।

बजारमा आपूर्ति र मागको सन्तुलनअनुसार केही तरकारीको मूल्य बढ्दा केहीमा भने कमी आएको देखिएको छ ।

 

New Office
CG Motors
Garima Development Bank

समितिका अनुसार गोलभेँडा, ब्रोकाउली, बोडी र फर्सीजस्ता तरकारीमा सामान्य मूल्यवृद्धि भएको छ भने आलु, प्याजलगायत केही प्रमुख उपजको मूल्य घटेको छ ।

आजको मूल्य सूचीअनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेँडा ५६ रुपैयाँमा कारोबार भइरहेको छ ।  

रातो आलु २४ रुपैयाँ र भारतीय आलु २३ रुपैयाँ कायम गरिएको छ । सुकेको भारतीय प्याज ३९ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । 

अन्य तरकारीतर्फ तराईको गाँजर ३०, लोकल बन्दा ३४, स्थानीय काउली ६०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६५ र हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै तनेबोडी ८५, लौका ४५, घिरौँला ५५, लोकल परबल ७५, हरियो डल्ले फर्सी ३९ र पाकेको फर्सी ५७ रुपैयाँमा कारोबार भइरहेको छ ।  

उच्च मूल्य वर्गमा कन्य च्याउ २२२, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ९० र ब्रोकाउली ९२ रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ ।

हिजोको तुलनामा केही तरकारी महँगिएका छन् भने आलु, प्याज र बन्दा लगायतका उपजमा गिरावट आएको छ ।  

समितिका अनुसार मौसम, उत्पादन र बजार आपूर्तिका आधारमा मूल्यमा दैनिक परिवर्तन हुने गर्दछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.