बुधबार, बैशाख २३,२०८३ 01:24:54
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 01:24:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

रक्षा मन्त्रालयको प्रगति ८०% नाघ्यो, केही आयोजना १००% पूरा, कोरिडोर आयोजनामा पूर्ण सफलता, द्रूतमार्ग भने सुस्त

Bizshala
रक्षा मन्त्रालयको प्रगति ८०% नाघ्यो, केही आयोजना १००% पूरा, कोरिडोर आयोजनामा पूर्ण सफलता, द्रूतमार्ग भने सुस्त
Shivam Cement

काठमाण्डौं । रक्षा मन्त्रालयको चालू आर्थिक वर्षको प्रगति ८० प्रतिशतभन्दा माथि पुगेको छ।  

तेस्रो त्रैमासिक अवधिसम्मको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उक्त जानकारी दिइएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मन्त्रालयका अनुसार कोशी कोरिडोर, कर्णाली सडक आयोजना र बेनिघाट–आरुघाट–लार्केभञ्जाङ सडक आयोजनामा १०० प्रतिशत भौतिक प्रगति भएको छ।

महाकाली कोरिडोरमा ८२.९९ प्रतिशत र राष्ट्रिय चुरे संरक्षण कार्यक्रममा ८० प्रतिशत प्रगति देखिएको छ।

रक्षा मन्त्रालयअन्तर्गतका केही ठूला पूर्वाधार आयोजनाहरूले उल्लेखनीय प्रगति हासिल गरेका छन्।  

विशेषगरी तीन वटा कोरिडोर तथा सडक आयोजनामा पूर्ण भौतिक प्रगति देखिनु सकारात्मक संकेतका रूपमा लिइएको छ।

तर, काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (३४.४ प्रतिशत), राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (३५.७३ प्रतिशत र बङ्करदेखि ब्यारेक आयोजना (२३.५ प्रतिशत)  जस्ता परियोजनामा अपेक्षाकृत सुस्त प्रगति देखिएको छ।

प्रगति सन्तोषजनक देखिए पनि रक्षा मन्त्रालयले विभिन्न आयोजनामा समन्वय र स्रोत व्यवस्थापन चुनौतीका रूपमा रहेको स्वीकार गरेको छ। 

CG Motors
Garima Development Bank
IME remit

कोरिडोर निर्माणमा बजेट अभावका कारण अपेक्षित गति हासिल हुन नसकेको पनि उल्लेख गरिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले द्रुतमार्ग आयोजना सम्पन्न गर्न प्राथमिकता दिइएको बताए भने सचिव केदारनाथ शर्माले अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याए।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र अन्य रणनीतिक पूर्वाधार आयोजनामा देखिएको सुस्त प्रगति संस्थागत तथा कानूनी संरचना कमजोर रहेको संकेतका रूपमा पनि हेरिएको छ।  

विश्वविद्यालय सञ्चालनका लागि विधेयक अघि बढाउनुपर्ने र पहुँच मार्ग स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

यसले रक्षा क्षेत्रका विकास परियोजनालाई केवल भौतिक निर्माणमा मात्र नभई नीतिगत र संस्थागत सुधारसँग पनि जोड्नुपर्ने देखाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.