बुधबार, असार १०,२०८३ 04:56:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:56:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्टरपोलले देउवा दम्पतीबारे रेड कर्नर नोटिस जारी गर्न अस्वीकार !

Laxmi Sunrise Bank Limited
इन्टरपोलले देउवा दम्पतीबारे रेड कर्नर नोटिस जारी गर्न अस्वीकार !

काठमाण्डौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध तत्काल रेड नोटिस जारी गर्न नसकिने भन्दै इन्टरपोलले जवाफ पठाएको छ।

सम्बन्धित कसुरसँग जोडिने पर्याप्त आधार र रेड नोटिस जारी गर्न आवश्यक कानुनी सर्तहरू पूरा नभएको भन्दै इन्टरपोलले प्रक्रिया अघि बढाउन अस्वीकार गरेको स्रोतहरूले जनाएका छन्।

New Office
CG Motors
Garima Development Bank

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधपछि जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।  

त्यसपछि विभागले पक्राउ पुर्जी र अनुसन्धान विवरणसहित इन्टरपोलमार्फत रेड नोटिस जारी गर्न औपचारिक प्रक्रिया अघि बढाएको थियो।

तर, इन्टरपोलले प्रारम्भिक मूल्याङ्कनका क्रममा कसुरसँग प्रत्यक्ष जोडिने आधार स्पष्ट नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको विषयमा पनि प्रश्न उठाएको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

देउवा दम्पती हाल विदेशमा रहेको बताइए पनि उनीहरूको स्थानबारे औपचारिक पुष्टि भएको छैन।  

उनीहरू जेन–जी आन्दोलनका क्रममा भएको घटनापछि उपचारका लागि विदेश गएका र त्यसपछि पटक–पटक बाहिरिने–फर्किने गरेका विवरणहरू सार्वजनिक भएका थिए।

सरकारी निकायहरूले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा ल्याएपछि राजनीतिक वृत्तमा यो विषय थप संवेदनशील बनेको छ।  

तर, इन्टरपोलको पछिल्लो संकेतले अन्तर्राष्ट्रिय स्तरमा कानूनी प्रक्रिया अझै अपूर्ण रहेको देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.