बुधबार, असार १०,२०८३ 05:25:56
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:25:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गुणस्तरहीन जार प्रयोग नगर्न पानी उद्योगलाई चेतावनी

Laxmi Sunrise Bank Limited
गुणस्तरहीन जार प्रयोग नगर्न पानी उद्योगलाई चेतावनी

काठमाण्डौं । बजारमा गुणस्तरहीन जारमा प्रशोधित पिउने पानी बिक्री–वितरण भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्ने निर्णय गरेको छ।

विभागले पुराना, कुच्चिएका, टालिएका, चुहिने तथा अपारदर्शी जारमा पानी उत्पादन वा वितरण नगर्न उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई स्पष्ट निर्देशन दिएको छ।

New Office
CG Motors
Garima Development Bank

विभागका अनुसार यस्ता जार प्रयोग गर्दा पानीको स्वच्छता र गुणस्तरमा प्रत्यक्ष असर पर्ने भएकाले सार्वजनिक स्वास्थ्यमा जोखिम बढ्न सक्छ।  

विशेषगरी गर्मी र वर्षायाममा झाडापखाला लगायत जलजन्य रोग फैलिने सम्भावना उच्च हुने हुँदा यस्तो निगरानी कडा पारिएको हो।

सूचना अवज्ञा गरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०६१ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विभागले सबै सरोकारवालालाई प्रचलित कानून, नियमावली तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ अनुसार उत्पादन र वितरण गर्न आग्रह गरेको छ।

सूचनामा उल्लेख गरिएअनुसार बजारमा गुणस्तरहीन जार प्रयोग भइरहेको गुनासो प्राप्त भएकाले यस्ता गतिविधि तत्काल बन्द गर्न भनिएको छ, अन्यथा कानूनी कारबाहीको सामना गर्नुपर्ने स्पष्ट गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.