बुधबार, असार १०,२०८३ 05:26:08
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:26:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा

Laxmi Sunrise Bank Limited
संवैधानिक परिषद्को बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा

काठमाण्डौं । सर्वोच्च अदालतको नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्न लागेको छ ।  

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

बैठकको मुख्य विषय सर्वोच्च अदालतका लागि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने रहने बताइएको छ ।

प्रधानन्यायाधीश पद रिक्त भएपछि हाल कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले अदालतको नेतृत्व सम्हालिरहेकी छन् ।

संवैधानिक परिषद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारी सहभागी हुनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै परिषद्को निर्णय प्रक्रिया सहज बनेको छ ।  

नयाँ व्यवस्थाअनुसार अब चार सदस्य उपस्थित भए बैठकको गणपूरक संख्या पुग्नेछ भने उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था लागू भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.