बिहीबार, बैशाख २४,२०८३ 09:39:50
Bizshala
  • बिहीबार, बैशाख २४,२०८३ 09:39:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा ‘ड्राइ भोल्युम’, बजार क्र्यासको डर बढ्दै !

Bizshala
नेप्सेमा ‘ड्राइ भोल्युम’, बजार क्र्यासको डर बढ्दै !
Shivam Cement

काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताको उत्साह लगातार खस्किँदै जाँदा बिहीबार कारोबार रकम ६ महिनायताकै कमजोर विन्दुमा झरेको छ । बजारमा सूचकसँगै कारोबार रकम पनि दिनदिनै सुक्दै जाँदा लगानीकर्तामाझ ‘बजार गहिरो संकटतर्फ त धकेलिँदै छैन ?’ भन्ने प्रश्न उठ्न थालेको छ ।

आज ३३४ कम्पनीका ६६ लाख ८४ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा जम्मा कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँमा सीमित भयो । यो कारोबार रकम गत कात्तिक ९ यताकै न्यून हो । त्यसदिन बजारमा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थिर सरकार गठनपछि लगानीकर्ताले बजारमा सुधारको अपेक्षा गरेका थिए । तर, व्यवहारमा त्यसको उल्टो चित्र देखिएको छ । बजारलाई गति दिने नीतिगत संकेत नआउँदा र लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित हुन नसक्दा कारोबार रकम लगातार खुम्चिँदै गएको विश्लेषण हुन थालेको छ ।

पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकम दुवै घट्दो क्रममा देखिनुले बजारप्रति चासो घट्दै गएको संकेत गरेको जानकारहरू बताउँछन् । केही लगानीकर्ताले यसलाई ‘सामान्य करेक्सन’ मानेका छन् भने कतिपयले भने बजार ‘क्र्यासको संघार’ मा पुगेको आकलन गर्न थालेका छन् ।

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेल का अनुसार अहिले बजारमा न खरिद गर्ने वातावरण बनेको छ, न त बिक्री गर्ने । लगानीकर्ताले सस्तो मूल्यमा सेयर बेच्न नचाहेकाले कारोबार रकम घट्दै गएको उनको भनाइ छ ।

उनले बजारमा अन्योलता गहिरिँदै गएको बताउँदै अहिलेको अवस्थामा बजार कुन दिशामा जान्छ भन्ने यकिन गर्न कठिन भएको प्रतिक्रिया दिए । उनका अनुसार बजार उकालो लाग्न फन्डामेन्टल र टेक्निकल दुवै पक्ष बलियो हुनुपर्छ, तर अहिले दुवै पक्ष कमजोर अवस्थामा छन् ।

CG Motors
Garima Development Bank
IME remit

फुल्लेलले नियामक निकायहरू नेतृत्वविहीन हुँदा पनि बजार प्रभावित भएको दाबी गरे । धितोपत्र बोर्ड र नेप्सेमा नेतृत्व अभावका कारण नीतिगत निर्णयहरू रोकिएको र त्यसले लगानीकर्ताको विश्वास कमजोर बनाएको उनको तर्क छ । अब लगानीकर्ताको नजर आगामी बजेटतर्फ केन्द्रित भएको भन्दै उनले पूँजी बजार सुधारका ठोस नीति आए मात्रै बजारले पुनः लय समात्न सक्ने बताए ।

यस्तै, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे ले बजारमा ‘पर्ख र हेर’ को अवस्था गहिरिएको बताए । उनका अनुसार लगानीकर्ताको मनोबल कमजोर छ र ठूला लगानीकर्ता समेत सक्रिय हुन सकेका छैनन् ।

सरकारको पछिल्लो धरपकड र नियामकीय दबाबका कारण ठूला लगानीकर्ता बजारबाट टाढिएको उनको दाबी छ । “जबसम्म कारोबार रकम उल्लेख्य रूपमा बढ्दैन, बजारले मजबुत उकालो समात्न कठिन हुन्छ,” उनले भने । यद्यपि बजार घट्दै गइरहेको भन्दै तत्काल आतंकित भइहाल्नुपर्ने अवस्था भने नरहेको उनको धारणा छ ।

नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसी ले भने बजार ओरालो लाग्नुमा नियामक निकायहरूको निर्णयलाई जिम्मेवार ठहर गरे ।

उनका अनुसार सेबोन, नेप्से र ब्रोकरहरूले मिलेर लागू गरेको नयाँ दैनिक सर्किट व्यवस्था बजारका लागि लाभदायीभन्दा बढी घातक बनेको छ । सरोकारवालासँग पर्याप्त छलफल नगरी ल्याइएको व्यवस्थाले लगानीकर्ताको सम्पत्ति क्षय गराएको उनको आरोप छ ।

केसीले सरकारको नीतिगत अस्थिरताले पनि बजारप्रतिको भरोसा कमजोर बनाएको बताए । आगामी बजेटमार्फत पूँजी बजारमैत्री नीति नआए र विवादित व्यवस्थाहरू सच्याइएन भने बजार थप गम्भीर संकटमा जान सक्ने चेतावनी उनले दिए ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X