काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यािपटल लिमिटेड नियुक्त भएको छ । यस विषयमा दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो ।
क्यापिटललाई वैशाख २५ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनआईएमबि एस क्यािपटलले गर्नेछ ।

